News Summary
Generated by OK AI. Editorially reviewed.- एमएडब्लू राइड्स प्रालिले नाडा अटो शोमा यामाहा एक्सएसआर १५५ सार्वजनिक गर्ने र प्रि–बुकिङ खुला गर्ने जनाएको छ।
- यामाहा एक्सएसआर १५५ रेट्रो–मोडर्न डिजाइन, १५५ सीसी इन्जिन र दैनिक सहरी प्रयोगसँग प्रदर्शन सन्तुलनका विशेषतासहित प्रस्तुत हुने कम्पनीले जनाएको छ।
- भदौ १० देखि १३ गतेसम्म भृकुटीमण्डपको यामाहा स्टलमा आगन्तुकले एक्सएसआर १५५ अवलोकन, विशेषज्ञसँग अन्तरक्रिया र प्रि–बुकिङ गर्न सक्नेछन्।
१० भदौ, काठमाडौं । नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना भएको नाडा अटो शोमा बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ सार्वजनिक गर्ने घोषणा गरेको छ।
‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियानको अवधारणामा केन्द्रित कार्यक्रममा नेपालभरका आगन्तुक तथा मोटरसाइकलप्रेमीले पहिलोपटक यामाहाको नयाँ रेट्रो–मोडर्न मोटरसाइकल एक्सएसआर १५५ लाई प्रत्यक्ष अवलोकन तथा अनुभव गर्न पाउनेछन्।
सडकमा आफ्नै छुट्टै पहिचान बनाउन चाहने तथा परम्परागत स्ट्रिट बाइकभन्दा फरक देखिन चाहने राइडरलाई लक्षित गरी यो बाइक डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसले यामाहाको क्लासिक मोटरसाइकल विरासत र आधुनिक कार्यक्षमताको संयोजन प्रस्तुत गर्नेछ।
एक्सएसआर १५५ का प्रमुख विशेषतामा आकर्षक टियरड्रप आकारको फ्युल ट्यांक, रेट्रो शैलीबाट प्रेरित सिग्नेचर राउन्ड एलईडी हेडलाइट, फ्ल्याट बेन्च–स्टाइल सिट तथा मिनिमल र क्लिन बडीवर्क रहेका छन्। यी विशेषताले मोटरसाइकललाई शक्तिशाली उपस्थिति र विशिष्ट क्लासिक स्वरूप प्रदान गर्ने कम्पनीको दाबी छ।
१५५ सीसी क्षमताको इन्जिनबाट सञ्चालित एक्सएसआर १५५ ले दैनिक सहरी प्रयोगसँगै उत्कृष्ट प्रदर्शनबीच सन्तुलन कायम गर्ने कम्पनीले जनाएको छ। क्लासिक डिजाइनमा आधुनिक सुविधा र प्रविधिको संयोजन गरिएको यो मोटरसाइकलले फरक तथा आकर्षक राइडिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
एमएडब्लू ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले नेपाली बजारमा छुट्टै पहिचान बनाउन सफल मोटरसाइकल ल्याउन पाउँदा आफूहरू उत्साहित रहेको बताए।
उनले ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियान व्यक्तिगत पहिचान र शैलीको उत्सव भएको उल्लेख गर्दै नाडा अटो शोमा एक्सएसआर १५५ प्रत्यक्ष अवलोकन गर्ने र प्रारम्भिक ग्राहक बन्ने अवसर मोटरसाइकलप्रेमीका लागि विशेष हुने बताए।
यामाहा नेपालले नाडा अटो शोबाटै एक्सएसआर १५५ का लागि आधिकारिक रूपमा विशेष प्रि–बुकिङ खुला गर्ने जनाएको छ। कम्पनीका अनुसार ग्राहकले मोटरसाइकल खरिदका लागि एक महिनाअघि नै प्रि–बुकिङ गर्नुपर्नेछ। सीमित प्रि–बुकिङमार्फत बजारमा व्यापक उपलब्ध हुनुअघि नै इच्छुक राइडरलाई प्रारम्भिक चरणमा मोटरसाइकल प्राप्त गर्ने अवसर प्रदान गरिने कम्पनीको भनाइ छ।
नाडा अटो शोमा सहभागी हुने मोटरसाइकलप्रेमी तथा अवलोकनकर्ताले भदौ १० देखि १३ गतेसम्म दैनिक बिहान १०ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा रहेको यामाहा स्टलमा पुगेर एक्सएसआर १५५ लाई प्रत्यक्ष अवलोकन गर्न, उत्पादन विशेषज्ञसँग अन्तरक्रिया गर्न तथा प्रि–बुकिङ गर्न सक्नेछन्।
प्रतिक्रिया 4