News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा बस्ती, बजार, विद्यालय, सडक, पुल र सरकारी संरचनामा क्षति पुर्याएको छ।
- बाढीले रसुवागढी, सान्जेन, चिलिमे र मैलुङ जलविद्युत् परियोजनामा गम्भीर क्षति पुर्याएको देखिन्छ।
- प्रारम्भिक तथ्यांक अनुसार बाढीले तीन जिल्लाका १८ सामुदायिक र निजी विद्यालयमा पनि पूर्ण र आंशिक क्षति पुर्याएको छ।
१२ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले सबैभन्दा बढी रसुवा, नुवाकोट र धादिङलाई प्रभाव पारेको देखिन्छ । भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्ममा रहेका बाढीले बस्ती, बजार, विद्यालय, सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण संरचना, सरकारी संरचना आदिमा क्षति पुगेको देखिन्छ । बाढीले उत्तिकै मात्रामा पनि धनजनको क्षति गरेको छ ।
अनलाइनखबरले अहिलेसम्म प्राप्त तथ्यांकहरूका आधारमा बाढीलाई भिजुअलमा उतार्ने कोसिस गरेको छ । तपाईंले तल स्क्रोल गर्दै जाँदा बाढीले क्षति पुर्याएका विभिन्न कुराहरू देख्नुहुने छ ।
सबैभन्दा पहिले बाढीको रुट हेर्नुहोस् ।
यो बाढी रसुवा नाका हुँदै टिपुरे, चिलिमे …. बेत्रावती, त्रिशूली बजार हुँदै तल आएको थियो ।
यो विध्वंशकारी बाढीले जलविद्युत् परियोजनाहरूमा पनि क्षति पुर्यायो । बाढीले रसुवागढी, सान्जेन, चिलिमे, मैलुङ जस्ता जल विद्युत परियोजनामा गम्भीर क्षति पुर्याएको देखिन्छ ।
तल तपाईंले म्यापमा क्षति पुर्याएका जलविद्यित परियोजनाहरू हेर्नुहुने छ ।
त्यस्तै सुरुवाती तथ्यांक अनुसार यो बाढीले तीन जिल्लाका १८ सामुदायिक नीजि विद्यालयहरूमा समेत क्षति पुर्याएको छ । ती मध्ये केही पूर्ण रूपमा क्षति भएका छन् भने केहीमा आंशिक क्षति पुगेको छ ।
तल तपाईंले बाढीले क्षति पुर्याएका विद्यालयहरू हेर्न सक्नुहुने छ ।
यसैगरी अब तपाईंले बाढीले पूर्ण र आंशिक रूपमा क्षति पुर्याएका पुलहरू पनि हेर्नुहुने छ ।
(अनलाइनखबरले यी तथ्यांक स्थलगत रिपोर्टिङ, सम्बन्धित निकायले संकलन गरेको प्रारम्भिक तथ्यांक र भिजुअल अनुसन्धानका आधारमा तयार पारेको हो ।)
प्रतिक्रिया 4