+
+
Shares

चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस् : रसुवा सीडीओ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।
  • चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।

चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।

प्रजिअ परियारले अनलाइनखबरसँग भने,  ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’

छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ ।

यी नदीहरू चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने र नेपाल प्रवेश गरेपछि त्रिशूली नदीका मुख्य स्रोत/शाखा बन्ने गर्छन् । तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशी/त्रिशूली नदी प्रणालीमा गाभिन्छन् ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो ।  तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको थियो ।

सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर राखेर चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको थियो ।

चीनतर्फ उद्धार अभियान स्थगित

पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले समेत तिब्बतमा जारी उद्धार अभियानलाई स्थगित गरिसकेको छ।

अलजजिराले चिनियाँ राज्य सञ्चालित प्रसारकहरूलाई उद्धृत गर्दै चीन सरकारले उद्धार टोलीलाई घटनास्थलबाट एक किलोमिटर टाढा हट्न आदेश दिइएको छ। विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रका अझै सयौँ मानिस बेपत्ता छन्।

तिब्बतमा गएको विनाशकारी पहिरोको दुई दिनपछि पनि सयौँ मानिसहरू बेपत्ता रहेको अवस्थामा राज्य-नियन्त्रित सञ्चारमाध्यमले सो जानकारी दिएको हो।

चीन-नेपाल सीमामा पहिरोपछि थुप्रिएको अत्यधिक भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएर उद्धार टोलीहरू गइरहेको क्षेत्रतर्फ पानी बग्न थालेको चिनियाँ सरकारी प्रसारक संस्था सीसीटीभीले जनाएको छ।

‘सबै उद्धार टोलीहरूलाई सुरक्षित स्थानमा तयारी अवस्थामा (स्ट्यान्डबाई) रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको छ,’ सीसीटीभीले भनेको छ।

यसअघि उक्त क्षेत्रमा पुगेका आपत्कालीन टोलीहरूलाई ‘एक किलोमिटर पछि हट्न आदेश दिइएको छ,’ सीसीटीभीले थप जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?