+
+
Shares

ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसी आइपुग्यो, सचेत रहन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १२:४८
फाइल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउको ठूलो ताल फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेसीमा पुगेको छ ।
  • बाढी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो ।
  • त्रिशुली नदीको तटीय क्षेत्रलाई अर्को सूचना नआउँदासम्म उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ ।

बाढी पुर्वानुमान महाशाखाका अनुसार, दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो ।

त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?