+
+
Shares

भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने

उत्तर प्रदेशको महराजगञ्जमा गण्डक नदीबाट चार र कुशीनगरमा तीन गरी सात शव फेला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीको असर भारतको सीमावर्ती क्षेत्रमा पनि देखिएको छ ।
  • उत्तर प्रदेशको महराजगञ्जमा गण्डक नदीबाट चार र कुशीनगरमा तीन गरी सात जनाको शव फेला परेको छ ।
  • सशस्त्र सीमा बलले मोटरबोटको सहायतामा शव निकालेर महराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालय पठाएको छ ।

१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको असर छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रमा पनि देखिन थालेको छ ।

उत्तर प्रदेशको महराजगञ्जमा गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीन जना गरी सात जनाको शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ । जसमा पाँच महिला र दुई पुरुषका शव छन् ।

‘नेपालमा आएको भीषण बाढीका दौरान नदीमा बगेका शवहरू तीव्र बहावका साथ भारततर्फ आएको आशंका गरिएको छ,’ समाचारमा भनिएको छ ।

सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानीका दौरान शवहरू बग्दै गरेको देखेको बताइएको छ ।

उद्धार टोलीले मोटरबोटको सहायतामा ती शवहरू नदीबाट बाहिर निकालेको समाचारमा उल्लेख छ ।

‘शवहरू महराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालय पठाइएको छ,’ समाचारमा भनिएको छ, ‘अहिलेसम्म शवको पहिचान हुन सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?