+
+
Shares

जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरुको उद्धार गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १२:४०

१३ भदौ, काठमाडौं । अपर त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा ३५ जना बढी फसेको भन्दै आफन्तले उद्धारको माग राखेका छन् ।

इन्जिनियर विनोद पाण्डेको परिवारले तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

यसअघि, कपिलवस्तुकी सीता अधिकारीले पनि आफ्नो श्रीमानसहितका कर्मचारी कुलेखानी तेस्रोबाट रसुवा ३ ए जलविद्युत आयोजनाको टनेलमा फसेको हुन सक्ने भनेर उद्धारको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेकी थिइन् ।

इन्जिनियर विनोद पाण्डेको आफन्तका अनुसार ३५ जना बढी सुरुङभित्र थुनिएको जानकारी आएको छ ।

आफन्तजनले उद्धारको प्रयास भइरहेको भन्दै विष्टले स्वदेशी उपकरणबाट उद्धार सम्भव नभए विदेशबाट आवश्यक उपकरण मगाएर भए पनि सुरुङ खोलेर उद्धार गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?