+
+
Shares

बिर्तामोडस्थित भाटभटेनी सुपमार्केट आइतबारदेखि पुन: सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते २२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा बिर्तामोडस्थित भाटभटेनी सुपरस्टोर आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको मीनबहादुर गुरुङले जानकारी गराएका हुन्।
  • कम्पनीले आइतबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने र आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
  • गत भदौको आन्दोलनमा जलाइएका देशका विभिन्न स्थानका भाटभटेनी सुपरस्टोरहरू पुनर्निर्माणपछि धमाधम सञ्चालनमा ल्याइएको छ।

१३ भदौ, काठमाडौंं । झापा बिर्तामोडस्थित भाटभटेनी सुपरस्टोर आइतबारदेखि पुन: सञ्चालनमा आउने भएको छ ।

कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले सो जानकारी गराएका हुन् । उनका अनुसार आइतबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गरिने छ ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता कम्पनीले व्यक्त गरेको छ ।

कम्पनीले सबै ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गरेको छ ।

गत भदौको आन्दोलनका क्रममा जलाइएका देशका विभिन्न स्थानका भाटभटेनी सुपरस्टोरहरु पुनर्निर्माणपछि धमाधम सञ्चालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?