फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीको बहाब बढेको सूचनापछि रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडक खण्ड आइतबार बिहान पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ।
- रसुवाको भोटेकोशी नदीको बहाब जोखिमपूर्ण नभएको सूचना आएपछि नारायणगढ, मुग्लिङ, पोखरा र काठमाडौंतर्फका सवारीसाधन चलाउन प्रहरीले अनुमति दिएको छ।
१४ भदौ, काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध काठमाडौं-मुग्लिन-नारायगण सडक खण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ ।
रसुवाको भोटेकोशी नदीमा बाढीको बहाब बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा आउने सबै प्रकारका सवारीसाधन चलाउन प्रहरीले रोक लगाएको थियो ।
भोटेकोशी बाढीको बहाब जोखिमपूर्ण नभएको सूचना जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गराएपछि पुनः यातायात सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4