३१ भदौ, विराटनगर । सशस्त्र प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–८ को सीमावर्ती क्षेत्रबाट ७ हजार ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहानका राति करिब २:५० बजे १४ वटा भार बनाएर ल्याइँदै गरेको अवस्थामा खुकुराका चल्ला बरामद गरेको हो ।
धानखेतको बाटो आउँदै गरेको समूह प्रहरीलाई देखेपछि फरार भएको थियो । खुला सीमाको फाइदा उठाएर चोरबाटोबाट ल्याइएका चल्लाको मूल्य अन्दाजी ७ लाख रुपैयाँ छ ।
बेवारिसे अवस्थामा बरामद भएको १४० कार्टुनमा सात हजार ब्रोइलर कुखुराका चल्ला भेटिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
सीमा क्षेत्रबाट अवैध रूपमा भित्रिने चल्ला तथा कुखुराका कारण नेपाली किसान र पोल्ट्री व्यवसायीले समस्या भोगिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4