+
+
Shares

४ महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता

काठमाडौं उपत्यका भित्रका हकमा भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका हकमा मात्र सार्वजनिक सवारीसाधन दर्ता खुलेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले १ असोजदेखि लागु हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ ।
  • काठमाडौं उपत्यका बाहिर विद्युतीय सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिई दर्ता खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
  • उपत्यका भित्र स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका हकमा मात्र सार्वजनिक सवारीसाधन दर्ता खुलेको छ ।

३१ भदौ, काठमाडौं । सरकारले १ असोजदेखि लागु हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि काठमाडौं उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिई सवारी दर्ता खुला गरिएको हो ।

काठमाडौं उपत्यका भित्रका हकमा भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका हकमा मात्र सार्वजनिक सवारीसाधन दर्ता खुलेको हो । विभागले सबै प्रदेश सरकारलाई सोही अनुसार सवारीसाधन दर्ता गर्न सूचित गरेको छ ।

सरकारले ७ जेठ २०८३ देखि लागु हुने गरी दर्ता रोकेको थियो । दर्ता किन रोकिएको हो र के निष्कर्षमा पुगेर खुला गरिएको भन्नेमा स्वयं विभागका अधिकारी मौन छन् ।

विभागका निर्देशक मणिराम भुसाललले काठमाडौं उपत्यका भित्रका रुट तथा सवारी व्यवस्थापनका लागि उपत्यका बाहिरमात्र दर्ता खुला गरिएको बताएका छन् ।

विभागले मालवाहक सवारीसाधन दर्ता १८ साउनदेखि नै खुला गरेको थियो । त्यसअघि ८ असारसम्म एलसी खोलिसकेका र नेपाल आइसकेका सार्वजनिक सवारीसाधन समेत दर्ता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?