+
+
Shares

खोटाङमा एक हजार ३०२ किलो गाँजा नष्ट

२२ साउनमा धनकुटाबाट भोजपुर हुँदै खोटाङ पुगेको प्र. १–०२–००२ ख ००८३ नम्बरको ट्रकबाट उक्त गाँजा बरामद गरिएको  थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १७:२९

३१ भदौ, खोटाङ । खोटाङमा प्रहरीले बरामद गरेको गाँजा जलाएर नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले २२ साउनमा बरामद गरेको एक हजार ३०२ किलो २२ ग्राम गाँजा बुधबार नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतका अनुसार सो गाँजा खोटाङ जिल्ला अदालत परिसरमा जलाएर नष्ट गरिएको छ ।

२२ साउनमा धनकुटाबाट भोजपुर हुँदै खोटाङ पुगेको प्र. १–०२–००२ ख ००८३ नम्बरको ट्रकबाट उक्त गाँजा बरामद गरिएको  थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडास्थित मध्यपहाडी लोकमार्गमा जंगलमा शंकास्पद अवस्थामा रोकेर राखेको ट्रकमा लुकाएर राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?