News Summary
Generated by OK AI. Editorially reviewed.- खल्ती बाइ आईएमई र इनड्राइभले राइड भाडा डिजिटल माध्यमबाट तिर्न र लिन सहकार्य गरेका छन्।
- दुई कम्पनीले भदौ २५ देखि मंसिर २५ गतेसम्म चालक र यात्रु लक्षित तीन महिने अभियान सञ्चालन गरेका छन्।
- अभियानमा दैनिक पाँच राइडको भाडा खल्तीमार्फत लिए चालक र डिजिटल भुक्तानी गरे यात्रु लक्की ड्रमा सहभागी हुनेछन्।
१ असोज, काठमाडौं । डिजिटल वालेट खल्ती बाइ आईएमई र राइड- हेलिङ प्लेटफर्म इनड्राइभले राइडको भाडा डिजिटल माध्यमबाट लिने-दिने व्यवस्था गर्न सहकार्य गरेका छन्।
सहकार्यअन्तर्गत इनड्राइभका चालक र यात्रुलाई लक्षित गर्दै तीन महिने अभियान सुरु गरिएको छ। अभियानमा इनड्राइभ राइडको भाडा खल्तीबाट तिर्न तथा चालकले राइडको भाडा खल्तीमै प्राप्त गर्न सक्नेछन्। साथै, चालक र यात्रु दुवैले दैनिक पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत इनड्राइभका चालकले एक दिनमा कम्तीमा पाँचवटा राइडको भाडा खल्तीमार्फत लिएमा उक्त दिनको लक्की ड्रमा सहभागी हुन सक्नेछन्। दैनिक १० जना चालकले पाँच लिटर पेट्रोलबराबरको रकम पुरस्कारका रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
त्यस्तै, इनड्राइभका यात्रुले राइडको भाडा खल्तीमार्फत भुक्तानी गरेमा उक्त दिनको लक्की ड्रमा स्वतः सहभागी हुन सक्नेछन्। यसका लागि छुट्टै दर्ता आवश्यक नपर्ने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत दैनिक १० जना यात्रुले २०० रुपैयाँबराबरको खल्ती ब्यालेन्स प्राप्त गर्न सक्नेछन्।
दैनिक आवतजावतमा प्रयोग हुने राइडको भाडा भुक्तानी प्रक्रियालाई थप सहज बनाउँदै चालक र यात्रुलाई डिजिटल भुक्तानीको प्रयोगतर्फ आकर्षित गर्ने उद्देश्यले सहकार्य गरिएको कम्पनीले जनाएको छ।
आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले दैनिक आवतजावतसँग जोडिएको राइड भुक्तानीलाई डिजिटल माध्यमतर्फ विस्तार गर्ने उद्देश्यले इनड्राइभसँग सहकार्य गरिएको बताए । यो अभियान भदौ २५ देखि मंसिर २५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4