News Summary
Generated by OK AI. Editorially reviewed.- इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरहरूको सिर्जनशीलता प्रोत्साहन गर्न ‘क्रिएटर्स भेटघाट’ कार्यक्रम आयोजना गरेको छ ।
- कम्पनीले ‘ड्रिम इट डु इट’ नामक फेलोसिपमार्फत ६ उत्कृष्ट कन्टेन्ट आइडिया छनोट गरी आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
- कार्यक्रममा सहभागी क्रिएटरहरूलाई ब्रान्ड सहकार्य, पारिश्रमिक र बौद्धिक सम्पत्तिको अधिकारबारे जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो ।
८ साउन, काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरको सिर्जनशीलता प्रोत्साहन गर्ने उद्देश्यले ‘क्रिएटर्स भेटघाट’ कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा सहभागी क्रिएटरहरूले प्रस्तुत गरेका कन्टेन्ट अवधारणामध्ये ६ उत्कृष्ट आइडियालाई आर्थिक सहयोग उपलब्ध गराउने कम्पनीले घोषणा गरेको छ ।
६० भन्दा बढी कन्टेन्ट क्रिएटरको सहभागिता रहेको कार्यक्रममा इनड्राइभले ‘ड्रिम इट डु इट’ नामक नयाँ क्रिएटर फेलोसिप कार्यक्रमसमेत सार्वजनिक गरेको हो । यस कार्यक्रममार्फत क्रिएटरले लामो समयदेखि निर्माण गर्न चाहेको आफ्ना सपनाका कन्टेन्टलाई वास्तविकतामा रूपान्तरण गर्न आवश्यक सहयोग गर्नेछन् ।
कार्यक्रमको सुरुवातमा सहभागी क्रिएटरहरूले नेपालमै निर्माण गर्न चाहेको आफ्नो ‘ड्रिम कन्टेन्ट’ सम्बन्धी योजना र अवधारणा प्रस्तुत गरेका थिए । प्रस्तुत अवधारणाका आधारमा ‘ड्रिम इट. डु इट.’ कार्यक्रमअन्तर्गत ६ उत्कृष्ट कन्टेन्ट आइडिया छनोट गरिने व्यवस्था थियो ।
त्यसपछि ब्रान्ड तथा विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दा क्रिएटरहरूले ध्यान दिनुपर्ने विषयमा जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो । सत्रमा सम्झौताका सर्तहरू बुझ्ने तरिका, उचित पारिश्रमिक निर्धारण, बौद्धिक सम्पत्तिको अधिकार तथा सहकार्यका क्रममा आउन सक्ने सम्भावित जोखिमबारे जानकारी दिइएको थियो ।
कार्यक्रमको अन्तरक्रियात्मक चरणमा सहभागीहरूलाई १० समूहमा विभाजन गरी पोटरी, चित्रकला तथा हस्तकलासम्बन्धी सिर्जनात्मक गतिविधिमा सहभागी गराइएको थियो । प्रत्येक समूहले निर्धारित समयभित्र आफ्ना सिर्जनात्मक अवधारणालाई कन्टेन्टका रूपमा विकास गरी प्रस्तुत गरेका थिए । प्रस्तुतिको मूल्याङ्कन अवधारणाको मौलिकता, सिर्जनशीलता र कार्यान्वयनका आधारमा गरिएको थियो ।
कार्यक्रमको समापनमा इनड्राइभ नेपालले ६ जना क्रिएटरले प्रस्तुत गरेका उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो । छनोट भएका अवधारणामा नेपालका विभिन्न समुदायका मौलिक परिकारको परिचयदेखि पोखराको साहसिक यात्रासम्मका व्यक्तिगत सपना र सिर्जनात्मक योजना समेटिएका छन्। कम्पनीका अनुसार उनीहरूलाई आफ्नो अवधारणा र सिर्जनात्मक शैलीअनुसार स्वतन्त्र रूपमा कन्टेन्ट निर्माण गर्ने अवसर प्रदान गरिने छ ।
प्रतिक्रिया 4