News Summary
Generated by OK AI. Editorially reviewed.- इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा 'राइड मोर, विन मोर' क्याम्पेन वैशाख १ देखि २१ सम्म सञ्चालन गर्ने जनाएको छ।
- क्याम्पेनमा प्रत्येक राइडमा १ लक्की ड्र टिकट दिइनेछ र मेगा गिभअवेमा सहभागी हुन कम्तीमा २ कारोबार खल्ती एपमार्फत गर्नुपर्नेछ।
- प्रमुख पुरस्कारमा १० वटा अनर एक्स ७ डी स्मार्टफोन र प्रोमो कोडमार्फत क्यासब्याक तथा एयरलाइन प्रोमो कोड प्रदान गरिनेछ।
२ वैशाख, काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन सुरु गरेको छ । यस क्याम्पेन मार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।
नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिस यात्रा गर्ने भएकाले हरेक यात्रालाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो क्याम्पेन ल्याएको इनड्राइभले जनाएको छ । वैशाख १ देखि सुरु भएको यो क्याम्पेन वैशाख २१ सम्म सञ्चालन हुनेछ ।
क्याम्पेनमा १ राइड बराबर १ लक्की ड्र टिकट (जति धेरै राइड, उति धेरै जित्ने मौका) प्रदान गरिने इनड्राइभले जनाएको छ । मेगा गिभअवेमा सहभागी हुन राइड सकिएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर खल्तीमा कम्तीमा २ वटा कारोबार गर्नुपर्नेछ । कम्पनीका अनुसार आकर्षक पुरस्कारका रुपमा १० वटा अनर एक्स ७ डी स्मार्टफोन (मेगा गिभअवे) प्रदान गरिनेछ ।
प्रोमो कोड पुरस्कारका रुपमा १ हजार जनालाई १५ प्रतिशत क्यासब्याक (अधिकतम ५० रुपैयाँ), १ हजार जनालाई २०० क्यासब्याकसहित एयरलाइन प्रोमो कोड, १०० जनालाई खल्ती प्रोमा अपग्रेड गरिनेछ ।
प्रतिक्रिया 4