+
+
Shares

इनड्राइभको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इनड्राइभले काठमाडौंका बागबजार, जनबहाल, पिमबहाल र ठमेलमा ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न गरेको छ ।
  • यस क्याम्पेनमार्फत यात्रुले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने र चालकले प्रतिप्रस्ताव गर्न सक्ने इनड्राइभको सुविधाबारे जनचेतना फैलाइएको थियो ।
  • क्याम्पेन अन्तर्गत आयोजना गरिएका विभिन्न अन्तरक्रियात्मक खेलहरूमा करिब २,४०० जना प्रत्यक्ष रूपमा सहभागी भएका थिए ।

१८ जेठ, काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंका विभिन्न प्रमुख स्थानहरूमा ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको दैनिक जीवनमा प्रचलित मोलमोलाइ (बार्गेनिङ) चलनबाट प्रेरित यस अन्तरक्रियात्मक क्याम्पेनमार्फत सयौं सहभागीलाई आकर्षित गरिएको थियो ।

यस क्याम्पेनमार्फत काठमाडौंका शहरी युवामाझ इनड्राइभको प्रमुख विशेषता, यात्रुले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने सुविधाबारे, जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो । इनड्राइभको प्लेटफर्ममा चालकहरूले यात्रुद्वारा प्रस्तावित भाडालाई स्वीकार, अस्वीकार वा प्रतिप्रस्ताव गर्न सक्ने विशेष व्यवस्था रहेको छ ।

यही अवधारणालाई स्थानीय परिवेश र युवापुस्ताको दैनिक अनुभवसँग जोड्दै सिर्जनात्मक तथा सान्दर्भिक ढंगले प्रस्तुत गरिएको थियोे, जसले दर्शकमाझ उच्च स्तरको सम्बन्ध र संलग्नता सिर्जना गर्न सफल भएको देखिन्छ ।

‘इनड्राइभसँग यात्रा, तपाईंकै रोजाइमा’ भन्ने मूल सन्देशसहित सञ्चालन गरिएको उक्त क्याम्पेनले यात्रु र चालक दुवैलाई थप स्वतन्त्रता, पारदर्शिता तथा लचकता प्रदान गर्ने इनड्राइभको विशिष्ट सेवामोडेललाई उजागर गरेको थियो ।

क्याम्पेनमार्फत यात्रुले एपमार्फत आफ्नो रोजाइअनुसार भाडा प्रस्ताव गर्न सक्ने तथा चालकले उपयुक्त प्रतिप्रस्ताव गर्न सक्ने सुविधाबारे जानकारी दिइएको थियो । दुवै पक्षबीच आपसी सहमतिपछि अन्तिम भाडा निर्धारण हुने यस प्रणालीले निष्पक्ष तथा प्रयोगकर्ता–केन्द्रित यात्राको अनुभव प्रदान गर्ने सन्देश क्याम्पेनले प्रवाह गरेको थियो ।

काठमाडौंको परम्परागत मोलमोलाइ चलनलाई प्रवद्र्धन गर्ने उद्देश्यले इनड्राइभले बागबजार, जनबहाल, पिमबहाल तथा ठमेलमा विशेष ब्रान्डेड मःम स्टल सञ्चालन गरेको थियो । क्याम्पेनअन्तर्गत सहभागीहरूले बार्गेनिङ–थिममा आधारित विभिन्न मनोरञ्जनात्मक खेल तथा अन्तरक्रियात्मक गतिविधिहरूमा उत्साहजनक सहभागिता जनाएका थिए ।

ह्वील स्पिन, मोलमोलाइ चुनौतीलगायतका गतिविधिहरूमार्फत काठमाडौंको विशिष्ट मोलमोलाइ चलनलाई रोचक ढंगले प्रस्तुत गरिएको थियो । चुनौतीहरू सफलतापूर्वक पूरा गर्ने सहभागीहरूले निःशुल्क मःमका साथै इनड्राइभका विशेष ब्रान्डेड उपहार सामग्री प्राप्त गरेका थिए । यस क्याम्पेनमार्फत करिब २,४०० जना प्रत्यक्ष सक्रिय रूपमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?