+
+
Shares

नारायणीको बहावले पार गर्‍यो खतराको तह, सतर्कता अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ८:२४

११ असोज, काठमाडौं । नारायणी नदीको देवघाटमा बाढी बढिरहेको छ । हाल त्यहाँको जल सतहले खतरा तह पार गरिसकेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीमा समाचार तयार पार्दासम्म पानीको बहाव १०.८ मिटर पुगेको छ । जबकि यहाँको खतराको तह ९ मिटर र चेतावनीको तह ७.४ मिटर हो ।

नदीको बहावले खतराको तह पार गरेकोले त्यस क्षेत्रमा डुबानको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नदीको बहाव अझै बढिरहेकोले साँझैसम्म सतर्कता अपनाउने सरोकारवालाले आग्रहर गरेका छन् ।

यस्तै, पर्वतस्थित कालीगण्डकी, लमजुङस्थित चेपेखोला, म्याग्दीको मंगलघाट, चितवनकै रिउखोलामा पनि पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ ।

खतराको तह पार गरेका सबै नदी नारायणी बेसिनका स्टेशन रहेका क्षेत्रका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?