+
+
Shares

यस्तो छ साढे दुई तले घर ढलेको ठाउँको दृश्य (तस्वीरहरू)

सोमबार बिहान करिब ६:३५ बजे थापाको साढे दुई तले घर भिरालो जमिन भासिएर एकाएक ढल्न पुग्यो । 

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असोज १२ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण ललितपुर महानगरपालिका-२४ धापाखेलमा सोबितकुमार थापाको ट्रस्टले बनेको किचन करिब २० मिटर तल खसेको छ।
  • किचन खसेपछि थापाको साढे दुई तले पक्की घर पहिरोको जोखिममा परेपछि परिवार आइतबार आफन्तको घरमा सरेको छ।
  • सोमबार बिहान ६:३५ बजे भिरालो जमिन भासिएर थापाको साढे दुई तले घर ढलेको छ, तर मानवीय क्षति भएको छैन।

१२  असोज, काठमाडौं । आइतबार दिउँसो करिब १:४० बजेको समयमा ललितपुरको ललितपुर महानगरपालिका-२४ धापाखेलमा सोबितकुमार थापाको साढे दुई तले पक्की घरसँगैको ट्रस्टले बनेको किचन करिब २० मिटर तल खस्यो ।

अविरल वर्षाका कारण भिरालो सतहमा बनेको उनको ट्रस्टले बनेको किचन २० मिटर तल खसेपछि उनको घर पनि पहिरोको जोखिममा पर्न गयो ।

थापाको साढे दुई तलेको पक्की घर पहिरोको जोखिममा परेपछि प्रहरीले उनको परिवारलाई सुरक्षित ठाउँमा बस्न सल्लाह दियो ।

प्रहरीको सुझाव अनुसार सोबितकुमारको तीन जनाको परिवार आइतबार नै आफन्तको घरमा गएर बसे ।

सोमबार बिहान करिब ६:३५ बजे थापाको साढे दुई तले घर भिरालो जमिन भासिएर एकाएक ढल्न पुग्यो ।

ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रका अनुसार दुई तले घर ढल्दा मानवीय क्षति भने हुन पाएन ।

थापाको घर ढल्दा सोही स्थानमा रहेको सानो खोल्चा पनि थुनिन पुग्यो । खोल्चा थुनिन पुगे पनि जोखिम भने छैन ।

अविरल वर्षका कारण जमिन गल्दा भिरालो सतहमा बनेको घर ढल्न पुगेको हुन सक्ने प्रहरीको अनुमान छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?