+
+
Shares

सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०.१० दशैं धमाका’ अफर सार्वजनिक

यस अफर अन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १९:५९

१६ असोज, काठमाडौं । सिद्धार्थ बैंकले दराजको सहकार्यमा दसैंको अवसर पारेर ‘१०.१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

१५ देखि २६ असोजसम्म सञ्चालन हुने यस अफर अन्तर्गत सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम १ हजार) र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम १ हजार ५ सय) रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने छ ।

छुट प्राप्त गर्न ग्राहकले दराजको एपमा रहेको ‘मेगा दसैं डिस्काउन्टस् १०.१०’ अभियान अन्तर्गत ‘बैंक भौचर’ सेक्सनमा गई सिद्धार्थ बैंकको भौचर संकलन गर्नुपर्ने छ ।

त्यसरी संकलित भौचर ग्राहकको दराज प्रोफाइलको ‘माइ भौचर्स’ मा सुरक्षित हुनेछ । त्यसपछि १ हजार ९ सय ९९ वा त्यसभन्दा बढीको खरिद गर्दा उक्त भौचर छनोट गरी भुक्तानीको माध्यममा भिसा डेबिट/क्रेडिट कार्ड छनोट गरेर सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरी उक्त छुट प्राप्त गर्न सकिने छ ।

दसैंमा अनलाइन किनमेल थप सहज, सुरक्षित तथा लाभदायी बनाउने उद्देश्यले ल्याइएको यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सहज र सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?