+
+
Shares

‎कांग्रेस सहमहामन्त्रीमा तेजुलाल चौधरीले उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते ११:१५

१९ असोज, ‎‎सप्तरी । नेपाली कांग्रेसका नेता तथा पूर्व यूवा तथा खेलकुद विकासमन्त्री तेजुलाल चौधरीले पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

चौधरीले थारू क्लस्टरतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी सप्तरी क्षेत्र नम्बर–४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुका साथै महासमिति सदस्यसमेत बनेका छन् ।

‎सप्तरीको खडक नगरपालिका–८ भदियाका स्थायी बासिन्दा चौधरीले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट संसदीय राजनीति सुरु गरेका थिए । त्यसयता २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर–४ बाट निर्वाचित हुँदै उनले लगातार तीनपटक चुनाव जितेका थिए ।

‎२०७४ सालमा उनी युवा तथा खेलकुद राज्यमन्त्री बनेका थिए, भने २०८१ सालमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

‎चौधरी २०४६ सालको जनआन्दोलनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताइन्छ। उनले २०५२ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए भने २०६२/६३ को दोस्रो जनआन्दोलनमा समेत सक्रिय सहभागिता जनाएको विवरण सार्वजनिक छ। उनी २०६७ सालदेखि कांग्रेस महासमिति सदस्य बनेका थिए ।

‎ललितपुरको कुपन्डोलस्थित नाइटिंगेल इन्टरनेसनल सेकेन्डरी स्कुलका संस्थापक अध्यक्षसमेत रहेका चौधरी १४ औँ महाधिवेशनमा पनि थारू क्लस्टरतर्फ सहमहामन्त्रीका उम्मेदवार बनेका थिए। त्यसबेला उनी उमाकान्त चौधरीसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?