+
+
Shares

महामन्त्री पदका उम्मेदवार डिना भन्छिन्– अवसर पाए महिलाले नेतृत्व गर्न सक्छन्

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १४:११

२० असोज, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसलाई थप बलियो बनाउन महामन्त्री पदमा उम्मेदवारी दिने बताएकी छन् ।

उम्मेदवारी दर्ताअघि स्टाटस लेख्दै उनले आफ्नो उम्मेदवारीको औचित्य उल्लेख गरेकी छन् ।

‘मेरो उम्मेदवारी एउटा पदका लागि मात्रै होइन । नेपाली कांग्रेसको संगठनलाई अझ बलियो बनाउने, कांग्रेसलाई भुईँ तहसम अझ गहिरो रुपमा जोड्ने र बदलिदो समयअनुसार कांग्रेसलाई अझ समावेशी, जिम्मेवार र जनमुखी बनाउने याात्रको निरन्तरता हो,’ डिनाले लेखेकी छन् ।

अवसर पाउँदा महिलाले नेतृत्व गर्न सक्ने विश्वास समेत उनले उल्लेख गरेकी छन् ।

‘अवसर पाए महिलाले नेतृत्व गर्न सक्छन्, जिम्मेवारी पाए परिवर्तनको नेतृत्व गर्न सक्छन्,’ डिनाले लेखेकी छन्, ‘त्यसैले मेरो उम्मेदवारी मसँगै आउने पुस्ताका महिला, विद्यार्थी र युवाका लागि पनि नेतृत्वको ढोका अझ फराकिलो बनाउने प्रतिबद्धता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?