त्यसो त महानायक राजेश हमाल अहिले फुर्सदिला दिनहरू बिताउँदैछन् । त्यसैले उनलाई पोज–पोजमा फोटोसुट गर्न पुग्दो समय छ । नभए त कहाँ सामाजिक सञ्जालमा उनलाई तारन्तार देख्न पाइन्थ्यो र!
बिहान उठेदेखि राति सुत्नुअघिसम्म उनी के–के गर्छन् ? फेसबुकमा खोज्नुभयो भने सहजै पत्ता लगाउनुहुन्छ ।
यतिबेलाको चर्चा चाहिँ राजेश हमालको गेटअपको हो । उनले छिर्केमिर्के सर्ट लगाएर चार–पाँच थान फोटो पोस्ट गरेका छन् । उक्त सर्टको रङ कस्तो छ भने, उनी तोरीको फूलजस्तै देखिएका छन् । तोरीबारीमा फोटो खिचेका भए कुन राजेश हमाल, कुन तोरीबारी छुट्याउन कठिन हुन्थ्यो । तर, उनले कुनै कोठाभित्र सुनौलो हिमालको पृष्ठभूमिमा यो फोटो खिचेका छन् ।
बलिउड अभिनेता देव आनन्दको जस्तो टोपी लगाएका उनले शरीरदेखि पाउसम्म रङको संयोजन मिलाएका छन्। अनि क्याप्सनमा यति मात्र लेखेका छन्, ‘कलर्स ’।
उनको यो फोटोमा धेरैले रमाइला टिप्पणी गरेका छन् । ‘लुक लाइक ग्रीन स्नेक’ एक जनाले लेखेका छन्। अर्कोले थपेका छन्, ‘फोटोग्राफर को हो ? हाम्रो ६ फुटको हिरोलाई ३ फुट देखाउने ?’
कसैले उनलाई ‘ओल्ड इज गोल्ड’ भनेका छन् भने कसैले ‘झिल्के दाइ’। एक जनाको कमेन्ट यस्तो छ, ‘टिसर्टको रङ दुरुस्तै त्यस्तै छ, जस्तो कि एनाकोन्डाको ।’
आखिर सुगठित शरीर भएपछि जे लगाए पनि सुहाउने नै भयो ।महानायक जो परे, लाइक र कमेन्टको ओइरो लाग्ने नै भयो ।

प्रतिक्रिया 4