+
+
Shares

युथ पार्लियामेन्ट फोरममा नेपालको तर्फबाट रबिन महतोको उम्मेदवारी

अफ्रिका महादेशको तान्जानियाको अरुसा सहरमा संघको सम्मेलन जारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १२:५२

२१ असोज, काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभा जारी छ । जहाँ नेपालको तर्फबाट युवा सांसदको रूपमा प्रतिनिधिसभा सदस्य रबिन महतो सहभागिता जनाएका छन् ।

प्रतिनिधिसभा सदस्य महतोले सम्मेलनको दोस्रो दिन युथ पार्लियामेन्ट फोरममा नेपालको तर्फबाट सहभागिता जनाएका हुन् ।

महतोले युथ पार्लियामेन्ट फोरममा नेपालको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्दै सबै पार्लियामेन्टेरियनहरूका बीचमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्नका निम्ति आह्वान गरेका छन् ।

अफ्रिका महादेशको तान्जानियाको अरुसा सहरमा संघको सम्मेलन जारी छ ।

सम्मेलनलाई सम्बोधन गर्दै महतोले विश्वमा संसद्मा युवाहरूको प्रतिनिधित्व अत्यतै न्यून रहेको सन्दर्भ उल्लेख गर्दै नेपालको वर्तमान प्रतिनिधि सभाको अवस्था चित्रण गरे । त्यसक्रममा उनले नेपालको संसद्मा ४३ प्रतिशत युवा सांसदहरूको सहभागिता रहेको विषय राखे ।

सभामुख डोल प्रसाद (डीपी) अर्यालले पनि अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभालाई सम्बोधन गर्दा नेपालको संसदीय समावेशीताको चर्चा गरेका छन् ।

नेपालको संघीय संसदको प्रतिनिधिसभामा ३५ प्रतिशत महिला, ५१ प्रतिशत विभिन्न समावेशी समूह, ५ जना अपांगता भएका व्यक्तिहरू र ३७ प्रतिशत ४० वर्षमुनिका युवा सांसदहरूको सहभागीता छ ।

साथै संसदमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको समेत प्रतिनिधित्व छ । यस अर्थमा पनि नेपालको संघीय संसद समावेशीताको मामलामा प्रगतिशील रहेको सभामुख अर्यालले बताएका छन् ।

सभामुख आर्यालका अनुसार विभिन्न समुदाय, वर्ग र समूहको समानुपातिक, अर्थपूर्ण र प्रभावकारी प्रतिनिधित्वले राज्यका संस्थाप्रति नागरिकको अपनत्व बढाइ लोकतान्त्रिक व्यवस्थाप्रतिको जनविश्वासलाई सुदृढ बनाउँछ ।

प्रतिनिधिसभा सदस्य महतोले पनि सम्मेलनको युथ पार्लियामेन्ट फोरममा नेपालको वर्तमान संघीय संसद्को अवस्था चित्रण गरेका हुन् ।

साथै, महतोले नेपालमा गएको भोटेकोशी त्रिशूल बाढी, त्यसले स्वास्थ्य क्षेत्रमा पु-याएको जोखिमको विषय राखे ।

त्यसैगरी युवाहरूले संकट व्यवस्थापनमा खेल्नुपर्ने भूमिका लगायतका विषयमा समेत युवा सांसदहरूको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?