News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार बेरियलमा सशस्त्र प्रहरीको डग स्क्वाडले ०.१६ ग्राम खैरो हिरोइनसहित २४ वर्षीय विक्रम मिजारलाई नियन्त्रणमा लिएको छ।
- सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको टोलीले ‘अल्फा’ नामको लेब्राडोर कुकुरको सहायताले मिजारको मुखभित्र लुकाइएको लागुऔषध फेला पारेको हो।
- बरामद लागुऔषधसहित मिजारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ।
१ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार बेरियलमा चेकजाँचका क्रममा कैलालीको घोडाघोडी नगरपालिका-६ अस्नेराका २४ वर्षीय विक्रम मिजारको मुखभित्र लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ‘अल्फा’ नामको लेब्राडोर कुकुरको सहायताले जाँच गर्ने क्रममा ०.१६ ग्राम खैरो हिरोइन बरामद गरेको हो ।
बरामद लागुऔषधसहित मिजारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4