+
+
Shares

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षादेखि हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते ७:३०
फाइल तस्वीर

१६ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक बादल लाग्ने छ ।

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?