+
+
Shares

म्याग्दीमा सामुदायिक वनबाट भरूवा बन्दुक बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको बेनी नगरपालिका–६ स्थित फिर्के सल्ला सामुदायिक वनबाट आइतबार साँझ प्रहरीले ३ थान भरुवा बन्दुक र २ थान नाल बरामद गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले बन्दुक फेला पारी बरामद गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
  • प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

१६ कात्तिक, म्याग्दी । म्याग्दीमा सामुदायिक वनबाट भरुवा बन्दुक बरामद भएको छ ।

बेनी नगरपालिका–६ स्थित फिर्के सल्ला सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान र बन्दुकको नाल २ थान आइतबार साँझ बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?