+
+
Shares

दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

सशस्त्र प्रहरी बलका वंशीराज दाहाल बर्खास्तीमा परेसँगै एक एआईजीको पद रिक्त भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते ११:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बित एआईजी वंशीराज दाहाललाई सरकारले बर्खास्त गरेपछि सशस्त्र प्रहरी बलमा एक एआईजी पद रिक्त भएको छ।
  • रिक्त पदमा बढुवाका लागि सशस्त्र प्रहरीका डीआईजी सुरेश कुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापा प्रतिस्पर्धामा छन्।
  • गृह मन्त्रालयले दाहालमाथि एआईजी अन्जनीकुमार पोखरेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो, जसले प्रतिवेदन बुझाएपछि बर्खास्ती गरिएको हो।

२६ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्तीमा परेसँगै एक एआईजीको पद रिक्त भएको छ ।

संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । दाहालमाथि छानबिन गर्न गृहमन्त्रालयले एआईजी अन्जनीकुमार पोखरेलको नेतृत्वमा एक सदस्यीय समिति गठन गरेको थियो ।

उक्त समितिले दाहालमाथि बयान समेत लिएर प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारले २५ असोजमा दाहाललाई बर्खास्त गरिएको भन्दै गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तीमार्फत जानकारी गराएका थिए ।

संवेदनशील सूचना चुहाएको भन्दै उनलाई विभागीय कारबाही स्वरुप पदबाट हटाइएको उल्लेख गरिएको थियो । उनीमाथि प्रधानमन्त्री बालेन्द्र शाहसँग सम्बन्धित सूचना चुहाएको आरोप छ । हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटासँग समेत उनको कनेक्शन देखिएको दाबी गरिएको छ ।

उनलाई सेवाबाट बर्खास्त गरेसँगै सशस्त्र प्रहरीमा एक एआईजीको दरबन्दी रिक्त भएको छ । रिक्त दरबन्दीमा बढुवाका लागि मुख्यगरी तीन डीआईजी प्रतिस्पर्धामा छन् ।

पहिलो नम्बरमा डीआईजी सुरेश कुमार श्रेष्ठ छन् । त्यसपछि दीपेन्द्र शाह र पुरुषोत्तम थापा छन् । श्रेष्ठ अहिले सीमा सुरक्षा विभागमा कार्यरत छन् ।

शाह सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरो प्रमुख हुन् । थापा भने सशस्त्र प्रहरीको एकेडेमीमा कार्यरत छन् । उनीहरू तीन जनाबाट एक जना एआईजी बन्ने छन् । सशस्त्र प्रहरीमा बढुवाका लागि सूचना नै निकाल्ने गरिन्छ । सूचना निकालेपछि बढुवाका लागि योग्य हुने उम्मेदवारहरूले आवेदन दिनेछन् ।

आवेदन दिएका मध्येहरूबाट बढुवा समितिले बढुवाका लागि सिफारिस गर्नेगर्छ । त्यसपछि भएको बढुवा विरुद्ध कसैलाई चित्त नबुझे ७ दिनभित्र उजुरी हाल्न सकिने सशस्त्र प्रहरीको नियमावलीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?