+
+
Shares

राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते १३:२२

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया ४-१० मंसिरसम्म सम्पन्न गरिने भएको छ ।

पार्टीको विधान तथा निर्देशिकाबमोजिम हिमाल, पहाड र तराईको प्रतिशतका आधारमा निर्धारित संख्या र आवश्यक प्रक्रिया पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रगत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यहरूमध्येबाट महिला ३ जना, उत्पीडित १ जना तथा आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका समूहबाट २ जनासहित जम्मा ९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवाको सहभागिता अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ।

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । पदेन प्रतिनिधिबाहेक अन्य प्रतिनिधि भने सक्रिय सदस्यहरूमध्येबाट छनोट हुनेछन् ।

राप्रपाको केन्द्रीय महाधिवेशन आगामी २६, २७ र २८ मंसिरमा काठमाडौंमा आयोजना हुँदैछ ।

प्रवक्ता श्रेष्ठका अनुसार महाधिवेशनलाई व्यवस्थित, समावेशी र सहभागितामूलक बनाउन विधान तथा निर्देशिकाले तोकेको मापदण्डअनुसार प्रतिनिधि छनोट प्रक्रिया अघि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?