+
+
Shares

जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ।
  • रेल सेवा जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार चल्नेछ।
  • मन्त्रालयका अनुसार रेलले बिहार र उत्तर प्रदेशका जयनगर, मधुबनी, सीतामढी, रक्सौल, गोरखपुरलगायत शहर हुँदै यात्रा गर्नेछ।

२८ कात्तिक, काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ ।

यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा लिइन्छ ।

भारतको रेल मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न शहर हुँदै यात्रा गर्नेछ ।

यसक्रममा जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुरमा व्यावसायिक रूपमा यात्रु चढाउने र ओराल्ने व्यवस्था हुनेछ ।

रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्ने व्यवस्था गरिएको भारतीय रेल मन्त्रालयले जनाएको छ ।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनले दुवै देशका धार्मिक पर्यटक तथा अन्य यात्रुको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

नयाँ रेल सेवाले दुई देशबीचको यात्रु आवागमन विस्तार गर्नुका साथै धार्मिक पर्यटन, आर्थिक गतिविधि र आपसी सम्बन्धलाई थप मजबुत बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?