+
+
Shares

‘बाः एक योद्धा’ ५१औँ दिनमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरि लम्सालको निर्देशनमा बनेको फिल्म ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ।

काठमाडौं । फिल्म ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले ललितपुरको ग्वार्कोमा रहेको गुण सिनेमामा प्रदर्शनको ५१औँ दिन मानाएको हो।

बक्सअफिसमा औसत देखिएको ‘बाः एक योद्धा’ लाई पब्लिक रिभ्यू साथ मिल्दा केही हलमा अझै प्रदर्शनरत छ । हरि लम्सालको निर्देशनमा बनेको ‘बाः एक योद्धा’ ले हालसम्म ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस रिपोर्ट छ ।

पारिवारिक भावना, बुबाको त्याग र संघर्षलाई मुख्य विषय बनाएको यो फिल्मले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई कथामा प्रस्तुत गरेको छ ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?