News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्याण्डबाट काठमाडौं आएका भारत महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५.५ किलो सेतो हेरोइनसहित पक्राउ परेका छन् ।
- लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बरामद हेरोइनको बजार मूल्य २२ करोड रुपैयाँ छ र यसको गन्तव्य भारत रहेको छ ।
- प्रहरीले उनलाई लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालको मुख्य व्यक्ति रहेको बताएको छ ।
२९ कात्तिक, काठमाडौं । २२ करोड रुपैयाँ बराबरको कोकिनसहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी नाम गरेका व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।
हवाई मार्ग हुँदै लागुऔषध ओसारपसार हुनसक्ने भन्दै संकित व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेको प्रहरीले बताएको छ । २८ कात्तिकमा थाइल्याण्डबाट काठमाडौं आएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।
उनी यसअघि लाओसबाट २ पटक नेपाल आएको पाइएको छ । पहिलो पटक हवाईमार्गबाट नेपाल आएका उनी दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल आएको एसपी रेग्मीले बताए ।
उनले लाओससँगै जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम, कम्बोडियाको समेत भ्रमण गरिसकेका छन् । उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ ।
उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद भएको छ । उनीबाट बरामद भएको सेतो हेराइन साढे पाँच किलोको बजार मूल्य २२ करोड प्रहरीले बताएको छ ।
बरामद हेरोइनको गन्तव्य भारत रहेको प्रहरी अधिकारीको भनाइ छ ।
प्रतिक्रिया 4