+
+
Shares

रास्वपा महामन्त्रीको दाबी- सरकार र पार्टीबीच कुनै मतभिन्नता छैन

पार्टी वा सरकारले गलत लय लिएको अवस्थामा पार्टीका सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले प्रश्न उठाउँदैमा त्यसलाई विरोधका रूपमा बुझ्न नहुने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १५:०५

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको दाबी गरेका छन् ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री आचार्यले यस्तो बताएका हुन् ।

उनले पार्टी वा सरकारले गरेका कामकारबाहीप्रति चित्त नबुझे फरक मत राख्दै प्रश्न उठाउनु विरोध नभएको पनि टिप्पणी गरे । पार्टी वा सरकारले गलत लय लिएको अवस्थामा पार्टीका सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले प्रश्न उठाउँदैमा त्यसलाई विरोधका रूपमा बुझ्न नहुने बताए ।

महामन्त्री आचार्यले रास्वपा सुशासनको मुद्दालाई मुख्य आधार बनाएर उदय भएको पार्टी भएकाले सुशासनका बहुआयामिक पक्षमा कुनै सम्झौता नगर्ने बताए ।

उनले राज्यको संरचना कुनै पनि व्यक्तिभन्दा ठूलो हुने उल्लेख गर्दै शुसासनका विषयमा पार्टी सधै सरकारको साथमा रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?