+
+
Shares

म्याक्स टाइगर क्यानबाट प्रदीप लामाले जिते प्रोटोन कार

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानमा नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कार प्रोटोन कार जितेका छन्।
  • अभियानअन्तर्गत देशका विभिन्न स्थानका २८ उपभोक्ताले मोटरसाइकल र स्कुटर जितिसकेका छन्।
  • कम्पनीले अभियानमा अझै आठ जनाले मोटरसाइकल वा स्कुटर जित्ने अवसर बाँकी रहेको जनाएको छ।

३० कात्तिक, काठमाडौं । एउटा क्यानले नै भाग्य चम्काउन सक्छ भन्ने उदाहरण बनेका छन् नुवाकोटको ककनीका प्रदीप लामा ।

म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत उनले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । यससँगै देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् ।

कार विजेता प्रदीप लामाका लागि यो क्षण अविस्मरणीय बनेको छ । एउटा क्यानबाटै यति ठूलो पुरस्कार जित्ने कल्पनासमेत नगरेको बताउँदै उनले कार जितेको खबर सुरुमा विश्वास गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।

“एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिइनँ । कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन । यो मेरो मात्र होइन, मेरो परिवारका लागि पनि निकै खुसीको क्षण हो । म्याक्स टाइगरलाई धेरै धन्यवाद दिन चाहन्छु,” उनले खुसी व्यक्त गर्दै भने ।

म्याक्स टाइगरको हरेक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले देशभरका उपभोक्तामाझ उत्साह थपेको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितिसकेका छन् ।

मोटरसाइकल जित्ने भाग्यशाली उपभोक्ताहरूमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो रहेका छन् ।

त्यस्तै, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् ।

त्यसैगरी, स्कुटर जित्ने उपभोक्ताहरूमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन् ।

यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन् ।

म्याक्स टाइगरले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार बम्पर पुरस्कारका रूपमा राखेको थियो । तीमध्ये हालसम्म २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् । अब अभियानमा थप आठ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जित्ने अवसर बाँकी रहेको छ ।

कम्पनीका अनुसार ‘दशैं धमाका २०२६’ अभियानले उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको छ । अझै पनि मोटरसाइकल तथा स्कुटर जित्ने अवसर बाँकी रहेकाले कम्पनीले उपभोक्तालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?