+
+
Shares

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैं धमाका २०२६’ अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा चार विजेतालाई मोटरसाइकल र स्कुटर हस्तान्तरण गरिएको छ।
  • काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेलले मोटरसाइकल पाए भने धरानका अनोज कुमार अधिकारीले स्कुटर र विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरे।
  • कम्पनीका अनुसार अभियानमा हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन्, र अझै ८ मोटरसाइकल, १० स्कुटर तथा एउटा प्रोटोन कार बाँकी छ।

२० कात्तिक, काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैं धमाका २०२६’ अभियानका विजेताको हातमा पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो ।

काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ । म्याक्स टाइगरको क्यानको बिर्कोबाट आकर्षक पुरस्कार जित्ने अवसर पाएका दुवै विजेताले अभियानअन्तर्गत जितेको मोटरसाइकल प्राप्त गरेका हुन् । सुमन र विनोद दुवैका लागि सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्क यसपटक मोटरसाइकल जित्ने अवसर बनेको छ ।

यता, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्स्ट्रिम फ्यानजोनमा पनि दुई विजेताले आफ्नो पुरस्कार प्राप्त गरेका छन् । धरानका अनोज कुमार अधिकारीलाई स्कुटर हस्तान्तरण गरिएको छ भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन् । यससँगै काठमाडौं र विराटनगरमा गरी तीन वटा मोटरसाइकल र एउटा स्कुटर विजेतालाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

‘म्याक्स टाइगरको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन्’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘तर, पुरस्कार जित्ने अवसर अझै सकिएको छैन ।’ कम्पनीका अनुसार अभियानमा अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी छ । विशेषगरी बम्पर पुरस्कारमा राखिएको प्रोटोन कारले उपभोक्तामाझ थप उत्सुकता र आकर्षण बढाएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?