+
+
Shares

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत भदौ १० गते ल्हेन्दे खोलाको बाढीले विस्थापित रसुवा–टिमुरेका ४८ जना मङ्सिर १ गतेदेखि खैँदीमा टेन्ट टाँगेर बस्न थालेका छन्।
  • स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीमध्ये ४८ जना जन्मभूमि र रीतिरिवाज जोगाउन गाउँ फर्किएका हुन्।
  • सरकारले अस्थायी बसोबासको ठोस व्यवस्था नगर्दा बाढीपीडित अन्योलमा रहेको स्थानीयले बताएका छन्।

२ मंसिर, रसुवा । गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवा–टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् ।

विस्थापित ६८ घरधुरीमध्येबाट ४८ जना  यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् । बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौँमा बस्न नसकेपछि गाउँ फर्किएका हुन् ।

स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीमध्येबाट  ४८ जना गाउँ फर्किएका छन् । आफ्नो जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले गाउँ फर्किएको उहाँले बताए ।

सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उनको भनाइ छ ।

विभिन्न सङ्घसंस्थाले थप टेन्ट र राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए ।

बाढीपीडितमध्ये करिब ९० प्रतिशत काठमाडौंमा बस्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले खेती किसानी र पशुपालन गरेर जीवनयापन गर्ने सोचका साथ गाउँ फर्किएको बताए ।

टिमुरेका अर्का स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना बाढीपीडित आश्रित थिए । तीमध्ये १५१ बालबालिका र ८० जना वृद्धवृद्धा थिए ।

सरकारले अहिलेसम्म पीडितको अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ठोस निर्णय नगर्दा उनीहरू अन्योलमा परेको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?