+
+
Shares

पहिलो प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार रमेश विकललाई

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १०:५३

७ मंसिर, काठमाडौं । प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ बाट साहित्यकार रमेश विकल पुरस्कृत भएका छन् । आइतबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा आइतबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा स्वर्गीय विकललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेपालको वामपन्थी साहित्य तथा न्यायिक अभियानमा पुर्‍याएको योगदानको कदरस्वरुप उनलाई पुरस्कार प्रदान गरिएको प्रलेसले जनाएको छ।

पुरस्कार वितरण समारोहमा बोल्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले शक्ति लम्सालले नागरिक स्वतन्त्रता र देश विकासको पक्षमा कहिल्यै कसैसँग सम्झौता नगरेको चर्चा गरे । नेपाली नागरिकको हीत र सार्वभौमसत्ताको सन्दर्भमा लम्साल सदैव अविचलित रहेको खनालले बताए।

नेकपाका अर्का नेता देव गुरूङले अत्यन्त विषम परिस्थितिमा समेत नेपाली राजनीतिमा न्याय, समानता र विकासको पक्षमा शक्ति लम्सालको अविचलित अडान रहेको बताए ।

लेखक तथा बरिष्ठ पत्रकार पुरूषोत्तम दाहालले साहित्यिक र न्यायिक योगदानहरूको कहिल्यै मृत्यु नहुने धारणा राखे । बामपन्थी धारको लेखक तथा विश्लेषक रहेपनि शक्ति लम्साल अहिंसाको पक्षपाति रहेका र नेपालमा सामाजिक रूपान्तरणका लागि आजीवन लागिपरेका व्यक्ति रहेको उनले स्मरण गरे ।

पत्रकार हेश्वर दाहालले नेपालको वामपन्थी आन्दोलन एवं वामपन्थी राजनीतिमा सतपात्रको रूपमा शक्ति लम्साललाई नेपाली समाजले लामो समयसम्म स्मरणमा राख्ने बताए ।उच्च सेन्सरसिपको समयमा समेत लम्सालले कसैको दबाब र प्रभावमा नपरी निष्ठा, विचार र अडानको पत्रकारिता गरेको चर्चा दाहालले गरे ।

कार्यक्रममा लेखक तथा विश्लेषक हिरण्यलाल श्रेष्ठ, वामपन्थी राजनीतिज्ञ मोहनविक्रम सिंह, पूर्व सांसद नारायण शर्मा, लम्सालकी धर्मपत्नी कृष्णा लम्साल एवं छोरी प्रज्ञा लम्साल र पत्रकार अशोक सुवेदी लगायतले जवाफदेही राजनीति, समाजिक रूपान्तरण र परिवर्तनको पक्षमा आज पनि लेखक तथा विश्लेषकहरूले निडरतापुर्वक कलम चलाउन आवश्यक रहेको बताए ।

प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कारको राशी २५ हजार १०० रुपैयाँ रहेको छ । स्वर्गीय शक्ति लम्सालको सम्झनामा प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । लम्सालको २०७२ साल कार्तिकमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?