+
+
Shares

सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो बर्ष उत्कृष्ट करदाता सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १७:०५

७ मंसिर, काठमाडौं । सफ्टी हाइजिन प्रालिलाई १५औं राष्ट्रिय कर दिवसको सन्दर्भमा आन्तरिक राजस्व कार्यलय मकवानपुरले आव. २०८१/८२ को आयकरतर्फ उत्कृष्ट करदाता सम्मान प्रदान गरेको छ ।

सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उद्योग वाणिज्य संघ हेटौडाका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईलगायतले सम्मान गरे। आव. २०८१/८२ को आयकरतर्फ लगातार दोस्रो वर्ष उत्कृष्ट करदाताको सम्मान ग्रहण गरिएको कम्पनीका निर्देशक विजय पोखरेलले जानकारी दिए ।

सफ्टी हाइजिनका अध्यक्ष यादव घिमिरेले कर तिर्नु भनेको कानुनी दायित्व मात्र नभइ समग्र राष्ट्रको विकासमा योगदान पनि भएको बताए । उनले कर तिर्न मात्र व्यवसाय नगरेको बताउँदै राष्ट्र निर्माणमा योगदान दिने जिम्मेवार उद्योग बन्न चाहेको बताए ।

घिमिरेले देशको आर्थिक समृद्धि केवल सरकारको प्रयासले सम्भव नहुने बताउँदै सरकार, निजी क्षेत्र र नागरिक समाजबीचको आपसी विश्वास, सहकार्य र जिम्मेवारीबोधले मात्र समृद्ध राष्ट्र निर्माण गर्न सकिने उल्लेख गरे ।

सफ्टीले सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर, बेबी वाइप्सजस्ता उत्पादन कम्पनीले विगत ११ वर्षदेखि उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?