७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको दुई दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेको सरकारले बताएको छ ।
भ्रमण सकेर प्रधानमन्त्री शाह फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले यस्तो बताएका हुन् ।
भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले दुवै देशको सम्बन्ध विस्तार गरेर परिणाममुखी बनाउनेगरी छलफल भएको उनको भनाइ थियो ।
‘लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौं,’ खनालले भने ।
वर्तमान सरकारले नेपालको राष्ट्र हित प्रवर्द्धन गर्ने कुरामा आर्थिक वृद्धि विकास र समृद्धिलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
‘मित्रराष्ट्र भारतसँग रहिआएको सदियौं पुरानो घनिष्ट, बहुआयामिक र सहयोगात्मक र जनस्तरको सम्बन्ध एवं सहकार्यलाई थप मजबुद बनाइ दुवै देशका नागरिकले लाभ प्राप्त गर्ने कुरामा यो भ्रमण केन्द्रित रह्यो,’ उनले भने ।
प्रतिक्रिया 4