+
+
Shares

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते ७:०३

१० मंसिर, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज बिहान साढे २ बजेतिर गोदावरी नगरपालिका–४ शान्तिटोलमा सुदूरपश्चिम प्रदेश ०१–१५ प १०४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गोदावरी नगरपालिका–४ का २३ वर्षीय सागर साउदको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हिरा सिंह महराका अनुसार मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय किशोर साउद भने घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।

उनकाअनुसार अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको पाइएको छ ।

दुर्घटनापछि मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?