काठमाडौँ । बुकहिल पब्लिकेसन प्रालिको प्रधान सम्पादमा पारसप्रकाश नेपाल नियुक्त भएका छन् । आफ्नो बौद्धिक र सिर्जनात्मक यात्रालाई अझ उचाइमा पुर्याउने ध्येयका साथ नेपाललाई ‘प्रधान सम्पादकमा नियुक्त गरिएको बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए ।
खड्काका अनुसार नेपाल लामो समयदेखि पत्रकारिता तथा पुस्तक सम्पादनमा संलग्न हुँदै आएका छन् । ‘विगत लामो समयदेखि नेपाली पत्रकारिता र पुस्तकको पृष्ठभूमिमा रहेर भाषाको मर्यादा, व्याकरणको शुद्धि र अन्तर्वस्तुको गहिराइलाई मिहिन ढङ्गले स्पर्श गर्दै आएका पारसप्रकाश नेपालको आगमनले बुकहिलका आगामी पुस्तक प्रकाशनलाई नूतन, थप ओझपूर्ण र जीवन्त बनाउने विश्वास गरेका छौँ’ खड्काले भने ।
अक्षर संसारमा आफ्नै मौन साधनामार्फत नेपाली वाङ्मयलाई निखार्दै आएका पत्रकार एवं सिद्धहस्त ‘कपी एडिटर’ (प्रतिलिपि सम्पादक) पारसप्रकाश नेपालले बुकहिल
पब्लिकेसन प्रालिको सम्पादकीय नेतृत्व गर्ने भएका छन् ।
बुकहिलजस्तो प्रतिष्ठित प्रकाशन गृहको सम्पादकीय नेतृत्व पाउनु आफ्ना लागि गौरवको कुरा भएको प्रधान सम्पादक नेपालले बताए । आफ्नो ज्ञान, अध्ययन, अनुभव र शीपलाई पूर्णरूपमा प्रयोग गरी स्तरीय साहित्य नेपाली पाठकलाई सुम्पन सक्दो प्रयास गर्ने प्रतिवद्धता उनले व्यक्ति गरे ।
नेपालले लामो समय कान्तिपुर दैनिकमा रहेर सम्पादकीय र भाषिक निखारताका पुर्याएको योगदान प्रर्याएका थिए । निकै रुचाइएका पुस्कहरू सुधीर शर्माको ‘प्रयोगशाला’, किशोर नेपालको ‘मेरो समय’ र विवेककुमार शाहको ‘मैले देखेको दरबार’ लगायतको सम्पादन नेपाल नै गरेका थिए ।
बुकहिल सन् २०२७ मा भारतबाट ‘बुकहिल साउथ एसिया’ को रूपमा यस क्षेत्रको बजारमा पनि प्रकाशकका रूपमा आउँदै छ ।
प्रतिक्रिया 4