काठमाडौ । टेकुस्थित कौसी थिएटरमा आजबाट नाटक विश्वन्तरको मञ्चन हुने भएको छ । चन्द्रमान मुनिकारले निर्देशन गरेको यो नाटक बौद्ध जातक कथामा आधारित रहेको छ ।
यसलाई इँगिहोपो कोँइच सुनुवारले नाट्य रुपान्तरण गरेका हुन् । बज्रकला कुञ्जको प्रस्तुती रहेको नाटकमा काठमाडौं महानगरपालिकाले सहकार्य गरेको छ । मंसिर २० गतेसम्म चल्ने यो हरेक साँझ ५:१५ सुरु हुँन्छ । शनिबार दिउँसो ज्ञ बजेको पनि शो हुने थिएटरले जानकारी दिएको छ ।
मानिसले परहितका लागि बोधिसत्व चर्या गर्दै दानपारमिताको माध्यमले बुद्धत्व लाभ गर्ने उत्तम कार्यमा एक खुड्किला प्राप्त गरेको ज्ञानको सन्देश यस ‘विश्वन्तर नाटकले देखाउने खोजेको निर्देशक चन्द्रमान मुनिकारले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4