+
+

अमेरिकी दिदीभाइलाई तीन वर्षपछि चीनले दियो स्वदेश फर्किने अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १७:२९

१२ असोज, काठमाडौं । तीन वर्षदेखि चीनमा रहेका दुई दिदीभाइले अमेरिका फर्किने अनुमति पाएका छन् । चीनले उनीहरुलाई ‘आर्थिक अपराध’को मामिलामा मुलुक छाड्न प्रतिबन्ध लगाएको थियो ।

किन्थिया र भिक्टर लिउ नाम गरेका दिदीभाइले चिनियाँ प्रहरीले आफ्ना बाबुलाई चीन फिर्ता बोलाउन उनीहरुलाई मुलुक छाड्न रोक लगाएको आरोप लगाएका छन् । उनका बाबुलाई चीनमा ठगीको मुद्दा चलाइएको उनीहरुको भनाइ छ ।

केही दिनअघि मात्र चिनियाँ प्रविधि कम्पनी हुवावेईकी शीर्ष अधिकारी मेङ वान्झोउ क्यानडाबाट रिहा भएर चीन आइपुगेकी थिइन् । यसै क्रममा चीनले पनि अमेरिकी दिदीभाइलाई आफ्नो मुलुक फर्किने अनुमति दिएको हो ।

आलोचकहरुले चीनमाथि आम नागरिकलाई राजनीतिक बार्गेनिङ गर्ने आधार बनाएको बनाउँदै आएका छन् । सोमबार अमेरिकी सिनेटरहरुले एक विज्ञप्ति जारी गरेर दुई दिदीभाइ अमेरिका आएको जानकारी दिएका हुन् ।

उनीहरुले चीन सरकारको बन्धनमा तीन वर्षको कठिन समय बिताएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार अहिले अमेरिका पुगेका दिदीभाइकी आमा सान्द्रा हानलाई पनि चीनमा पक्राउ गरेर हिरासतमा राखिएको छ । उनीहरु तीनैजना अमेरिकी नागरिक हुन् ।

सन् २०१८ मा तीनैजना चीनमा रहेका आफन्त भेट्न गएका थिए । त्यसको केही समयमा आमालाई प्रहरीले पक्राउ गरेर गोलघरमा थुनेको थियो । उनीहरुलाई पनि चीन छाड्न रोक लगाइएको थियो ।

त्यतिबेला यो घटनाबारे जानकारी दिँदै चीनले उनीहरुसँग भएको कागजातले उनीहरु चिनियाँ नागरिक भएको देखाएको र उनीहरुले आर्थिक अपराधको मुद्दामा मुछिएको बताएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?