१७ कात्तिक, काठमाडौं । काग तिहारको अवसरमा आज काठमाडौंको शान्तिबाटिका गेटमा काग सम्मेलन गरिएको छ ।
विगत १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले यस वर्ष पनि १८औं काग सम्मेलन गरेका हुन् । रमेशले आफ्नो मुखबाट कागको आवाज निकालेर काग जम्मा गरेका थिए ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन कार्यक्रमलाई ग्रिनसिटी हस्पिटल बसुन्धराले सहयोग गरेको थियो ।
मुखबाट १७३ जीव जनावर तथा चराचुरुङ्गी तथा बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामना सहित काग सम्मेलन गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4