+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जबराको वक्तव्य भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र : पूर्व न्यायाधीश फोरम

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १५:०९

२९ कात्तिक, काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । यो न्यायालयको हित नरहेको भन्दै फोरमले जबराले तत्काल राजीनामा दिने बताएको छ ।

पूर्व न्यायाधीश फोरमले सोमबार पत्रकार सम्मेलन गरी फोरमका अध्यक्ष पूर्व न्यायाधीश टोपबहादुर सिंहले प्रधानन्यायाधीशको वक्तव्यमा आफ्नै सहकर्मीबारे समेत नबोलिएको बताए । उनले अघि भने, ‘सम्पूर्ण न्यायपालिका मै हुँ भन्ने अहम देखिएको छ, यसले निकास दिन सक्दैछ ।’

पूर्वन्यायाधीश समाजले हाल न्यायिक स्वतन्त्रताको प्रत्याभूति हुन नसकेकाले सर्वोच्च अदालतका न्यायाधीशले मुद्दाको सुनुवाइ नगर्नु स्वाभाविक भन्दै अहिले हुने मुद्दाको सुनुवाइ पनि स्वच्छ हुन नसक्ने बताएको छ ।

‘अदालत परिसरमा स्वच्छ न्यायिक वातावरण कायम गर्न नसकेको र मुद्दाको पेशी तोक्ने नैतिक आधार नै गुमाइसकेको विवादित प्रधानन्ययाधीशले तोकेको पेशी सूचीको आधारमा न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गर्न नसकेको यथार्थलाई अन्यथा सोच्नु हुँदैन’ न्यायाधीश समाजको विज्ञप्तिमा भनिएको छ ।

पूर्वन्यायाधीश समाजले सर्वोच्च अदालतका न्यायाधीशहरुले स्वतन्त्रता, निष्पक्षता र स्वच्छताको प्रत्याभूतिका लागि एकता र दृढता प्रदर्शन गरेको भन्दै त्यसको सम्मान गर्ने बताएकाो छ । ‘साथै न्यायाधीशहरुको काबुबाहिरको परिस्थितिका कारण न्यायका याचकहरुमा पर्न गएको असुविधाका लागि न्यायिक सुधारको अभियानप्रति धैर्यधारण गर्न अनुरोध गर्दछौं’ पूर्वन्यायाधीश समाजले भनेको छ ।

उनीहरुले जतिसक्दो छिटो प्रधानन्यायाधीशबाट न्यायपालिका जोगाउनुपर्ने पनि बताएका छन् । ‘…जिम्मेवार निकाय र पदाधिकारीहरुले यस अभियानको गम्भीरता हृदयंगम गरी शीघ्रा ती शीघ्र वर्तमान प्रधानन्यायाधीशबाट न्यायपालिका जोगाउन हामी पुनः आह्वान गर्दछौं ।’

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?