+
+
Shares

प्रस्तावित प्रधानन्यायाधीशलाई कांग्रेसको प्रश्न – बेञ्च र बार द्वन्द्व कसरी हल गर्ने ?

सुनुवाइमा भाग लिँदै कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाले न्यायालय (बेञ्च) र बारबीचको द्वन्द्व कसरी समाधान गर्ने ? भन्दै प्रश्न गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई न्यायालय र बारबीचको द्वन्द्व कसरी कम गर्ने प्रश्न गरेको छ।
  • कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाले न्यायालयले विकासमा अवरोध गरेको आरोप र कार्ययोजना कार्यान्वयनको आधारबारे प्रश्न उठाएका छन्।
  • ढुंगानाले बहुमतको व्याख्याबारे गण्डकी प्रदेशको न्यायालय व्याख्या उदाहरण प्रस्तुत गर्दै यस्तो पुनरावृत्ति रोक्ने उपाय सोधे।

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई नेपाली कांग्रेसले न्यायालय र बारबीच भएको द्वन्द्व कसरी कम गर्ने ? भन्दै प्रश्न गरेको छ ।

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ चलिरहेको छ ।

उक्त सुनुवाइमा भाग लिँदै कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाले न्यायालय (बेञ्च) र बारबीचको द्वन्द्व कसरी समाधान गर्ने ? भन्दै प्रश्न गरे ।

‘न्यायालयले विकासम अवरोध गर्‍यो भन्ने पनि आउँछ । प्रस्तुत कार्ययोजना कार्यान्वयन गर्ने आधार के छ ?,’ उनले भनेका छन् ।

साथै, बहुमतको व्याख्याबारे प्रश्न गर्दै गण्डकी प्रदेशको हकमा न्यायालयबाट व्याख्या भएको उदाहरण प्रस्तुत गरे ।

‘६० मा ३० बहुमत हो भनेर गण्डकी प्रदेशको हकमा न्यायालयबाट व्याख्या भएको उदाहरण पनि छ । यस्तो हुन नदिन के कस्ता कार्य गर्नुहुन्छ ?,’ उनको प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?