News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई अदालत रिफर्म गर्ने योजना प्रष्ट पार्न आग्रह गरेको छ।
- सांसद कविन्द्र बुर्लाकोटीले डा. शर्मालाई उजुरीकर्ताले दिएका उजुरीबारे धारणा राख्न र संक्रमणकालीन न्यायबारे प्रष्ट पार्न भने।
- बुर्लाकोटीले मुद्दाको फर्स्योट दर बढाउने, अदालतमा विचौलियको प्रभाव कम गर्ने र न्यायालय विकासमैत्री बनाउने विषयमा प्रश्न उठाएका छन्।
५ जेठ, काठमाडौं । रास्वपाले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई अदालत रिफर्म गर्ने योजना प्रष्ट पार्नका लागि आग्रह गरेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ चलिरहेको छ । यसैबीच सांसदहरूले उनलाई विभिन्न प्रश्नहरू राखिरहेका छन् ।
सो क्रममा रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले अदालत रिफम गर्ने योजना प्रष्ट पार्न आग्रह गरेका हुन् ।
साथै, उनले उजुरीकर्ताले दिएका उजुरीबारे आफ्नो धारणा राख्न पनि आग्रह गरे । ‘उजुरीकर्ताले दिएका उजुरीको विषय सम्बन्धित निकायमा पठाउँछौं । यस्तो आउदा यहाँले के गर्नुहुन्छ ?,’ बुर्लाकोटीले भने ।
संक्रमणकालीन न्यायबारे पनि प्रष्ट पार्दा राम्रो हुने उनको भनाइ थियो ।
मुद्दाको फर्स्योट दर कसरी बढाउने ? भन्दै सांसद बुर्लाकोटीले अर्को प्रश्न गरे ।
उनको थप प्रश्न थियो, ‘अदालतमा रहेको विचौलियको प्रभाव कसरी कम गर्ने ? न्यायालय विकासमैत्री छ भन्ने कसरी समाजमा स्थापित गर्ने ?’
प्रतिक्रिया 4