+
+

पीएसजीमा रामोसको डेब्यु, २०७ दिनपछि फर्किए खेलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ८:०९

१३ मंसिर, काठमाडौं । डिफेण्डर सर्जियो रामोसले २०७ दिन पछि मैदान फर्कँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका लागि डेब्यु गरेका छन् ।

फ्रेन्च लिग वान अन्तर्गत सोमबार भएको सेन्ट एटिएन विरुद्धको खेलमार्फत रामोसले पीएसजीको जर्सीमा पहिलो खेल खेले । लिओनल मेस्सीले ह्याट्रिक असिस्ट गरेको खेलमा पीएसजीले सेन्ट एटिएनेलाई ३-१ ले हरायो ।

पीएसजीले रामोसलाई फ्रि ट्रान्सफरो रुपमा अनुबन्ध गरेको चार महिना २० दिनपछि रामोसले लिग वानमा डेब्यु गरे । रामोसले अप्रिल यता पहिलो पटक प्रतिस्पर्त्मक खेल खेले । उनले गत सिजनको च्याम्पियन्स लिग सेमिफाइनलमा चेल्सीविरुद्धको दोस्रो लेगमा पछिल्लो पटक खेलेका थिए ।

पीएसजीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै दश खेलाडीमा समेटिएको सेन्ट एटिएनेमाथि पुनरागमन जित निकालेको हो । पीएसजीका लागि कप्तान मार्क्विन्हवसले दुई तथा एन्जल डि मारियाले एक गोल गरे ।

२३औं मिनेटमा डेनिस बाउनगाले गोल गर्दै घरेलु मैदानमा सेन्ट एटिएनेलाई अग्रता दिलाएका थिए । तर टिमोथी कोलजिजा ४५औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि सेन्ट एटिएने दश खेलाडीमा समेटियो  र त्यसैको फाइदा पीएसजीले तीन गोल गर्‍यो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?