News Summary
Generated by OK AI. Editorially reviewed.- पेरिस सेन्ट जर्मेनले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा चेल्सीलाई ५-२ गोलअन्तरले हराएको छ।
- पीएसजीका बार्ड्ली बार्कोला, ओस्मान डेम्बेले, भितिन्हा र भरात्सिखेलाले गोल गरे भने चेल्सीका मालो गस्टो र एन्जो फर्नान्डेजले गोल फर्काए।
- चेल्सीले दोस्रो लेगमा कम्तीमा ४ गोलको अन्तरसहित जित निकाल्नुपर्नेछ।
२८ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब चेल्सीमाथि प्रभावशाली जित हासिल गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा पीएसजीले चेल्सीलाई ५-२ गोलअन्तरले हराएको हो । चेल्सीको जितमा भिचा भरात्सिखेलाले २ गोल गरे भने ब्राड्ली बार्कोला, ओस्मान डेम्बेले र भितिन्हाले १-१ गोल गरे । चेल्सीका मालो गस्टो र एन्जो फर्नान्डेजले १-१ गोल गरे ।
खेलको १०औं मिनेटमा बार्कोलाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा गस्टोले चेल्सीका लागि बराबरी गोल फर्काए । डेम्बेलेले ४०औं मिनेटमा गोल गरेपछि पीएसजी पहिलो हाफमा २-१ ले अघि रह्यो ।
दोस्रो हाफको ५७औं मिनेटमा एन्जोले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे । तर त्यसपछि पीएसजीले तीन गोल थप्यो ।
७४औं मिनेटमा भितिन्हाले गोल गरे भने ८६औं मिनेटमा र इन्जुरी समयको चौथो मिनेटमा भरात्सिखेलाले गोल गरेपछि पीएसजी ५-२ ले विजयी भयो ।
अब चेल्सीले घरेलु मैदानमा आगामी साता हुने दोस्रो लेगमा कम्तीमा पनि ४ गोलको अन्तरसहित जित निकाल्नुपर्नेछ ।
प्रतिक्रिया 4