News Summary
Generated by OK AI. Editorially reviewed.- पेरिस सेन्ट जर्मेनले फ्रेन्च लिग वानमा ले हाभ्रेलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ।
- ब्राडली बार्कोलाले ३७औं मिनेटमा गोल गरेपछि पीएसजीले जित सुरक्षित गरेको हो।
- पीएसजीले २४ खेलबाट ५७ अंक जोडेको छ भने लेन्स ५३ अंकसहित दोस्रो स्थानमा छ।
१७ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले हाभ्रेमाथि साँघुरो जित निकाल्दै फ्रेन्च लिग वानको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।
साविक विजेता पीएसजीले अवे मैदानमा ले हाभ्रेलाई १-० ले पराजित गरेको हो ।
पीएसजीका लागि ब्राडली बार्कोलाले ३७औं मिनेटमा गोल गरेका थिए । पीएसजीले दोस्रो हाफमा अग्रता बढाउने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डिजायर डोएले ७९औं मिनेटमा प्रहार गरेको पेनाल्टी ले हाभ्रेका गोलकिपर मोरी डिएवले बचाएका थिए ।
दोस्रो स्थानको लेन्स स्ट्राबर्गसँग १-१ को बराबरीमा रोकिएपछि शीर्ष स्थानको पीएसजीलाई फाइदा पुगेको हो ।
जितपछि पीएसजीले २४ खेलबाट ५७ अंक जोडेको छ । समान खेलबाट लेन्स ५३ अंकसहित दोस्रोमा छ । ले हाभ्रे २४ खेलबाट २६ अंकसहित १३औं स्थानमा छ ।
प्रतिक्रिया 4