News Summary
Generated by OK AI. Editorially reviewed.- एन्टोइन सेमेन्योको एकमात्र गोल मद्दतमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडलाई १-० ले पराजित गरेको छ।
- म्यान्चेस्टर सिटीको २८ खेलबाट ५९ अंक हुँदा आर्सनलको ६१ अंक छ र अंकदूरी २ मा झरेको छ।
- ब्रेन्टफोर्डले बर्नलीलाई ४-३ र एभर्टनले न्युकासललाई ३-२ गोलअन्तरले पराजित गरेको छ।
१७ फागुन, काठमाडौं । एन्टोइन सेमेन्योको एकमात्र गोल मद्दतमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडलाई १-० ले पराजित गरेको छ ।
शनिबार राति लिड्सको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा सेमेन्योले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
जितपछि दोस्रो स्थानको सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी २ मा झारेको छ । सिटीको २८ खेलबाट ५९ अंक छ भने आर्सनलको ६१ अंक छ ।
पराजित लिड्स भने ३१ अंकका साथ १५औं स्थानमा छ ।
गएराति नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले बर्नलीमाथि ४-३ को जित हासिल गर्यो भने एभर्टनले न्युकासललाई ३-२ गोलअन्तरले पराजित गर्यो ।
प्रतिक्रिया 4