+

यमालको ह्‍याट्रिकमा बार्सिलोनाको जित, शीर्षस्थानमा अग्रता बढ्यो

२०८२ फागुन  १६ गते २३:२६ २०८२ फागुन १६ गते २३:२६
यमालको ह्‍याट्रिकमा बार्सिलोनाको जित, शीर्षस्थानमा अग्रता बढ्यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लामियन यमालले ह्‍याट्रिक गरेपछि बार्सिलोनाले भिलारियलमाथि ४-१ को जित निकाल्दै स्पेनिस ला लिगामा शीर्षस्थानमा अग्रता बढाएको छ।
  • बार्सिलोनाको २६ खेलमा ६४ अंक भएको छ भने रियल मड्रिडको २५ खेलमा ६० अंक छ।
  • यमालले करियरकै पहिलो ह्‍याट्रिक गरेका छन् र ला लिगामा ह्‍याट्रिक गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

१६ फागुन, काठमाडौं । लामियन यमालले ह्‍याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले अग्रता बढाएको छ ।

शनिबार राति भएको खेलमा भिलारियलमाथि ४-१ को जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंकदूरी बढाएको हो । बार्सिलोनाको २६ खेलमा ६४ अंक भएको छ भने एक खेल कम खेलेको रियलको ६० अंक छ ।

घरेलु मैदानमा बार्सिलोनाको जितमा यमालले २८औं, ३७औं र ६९औं मिनेटमा गोल गरेका थिए । १८ वर्षीय यमालले करियरकै पहिलो ह्‍याट्रिक गरेका हुन् । यस्तै ला लिगामा ह्‍याट्रिक गर्ने शताब्दिकै सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

रोबर्ट लेवान्डोस्कीले खेलको इन्जुरी समयमा एक गोल गरे । भिलारियलका पापा गुएले ४९औं मिनेटमा गरेको गोल सान्त्वना मात्र बन्यो ।

पराजित भिलारियल २६ खेलबाट ५१ अंकसहित तेस्रो स्थानमा छ ।

बार्सिलोना लामियन यमाल स्पेनिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय